निश्चल सुनार र स्वेक्षा विश्वकर्मालाई मिस्टर एण्ड मिस विश्वकर्माको उपाधि
पाेखरा | पुस २८, २०८२
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उपाधि जित्ज सफल भएका हुन् ।
प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्माले प्राप्त गरेकी छन्।
विजेताहरूले मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन्।
बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यसहित समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए।
कार्यक्रमका विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुतले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको खुलेर प्रशंसा गरे।
कार्यक्रमको अर्को आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति र पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो।
प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन–४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए।
कार्यक्रममा मञ्जु विश्वकर्मा, बिपास सुनार र समिर रामदामले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै ...

